काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई आफ्नो घर फर्किन आग्रह गरेका छन् । नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउने पनि बताएका छन् ।
‘प्रिय कुलमानजी सद्भावका साथ तपाईलाई अनुरोध छ आफ्नो घर फर्कनुहोस ।आत्मकेन्द्रीत अहंकार त्यागेर प्रतिबध्दतामा खडा भए तपाईलाई प्रधानमन्त्री नेपाली कम्युनिष्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ,’- उनले भने ।
नेपाली कम्युनिष्ट पार्टी संघीयता, समानुपातिक, समावेशिता एवं धर्मनिरपेक्षता र गणतन्त्रको पिता रहेको पनि उनले स्मरण गराएका छन् । आफ्ना पिता अलिक बुढा भए भनेर मितबालाई असली पिता ठानिहाल्न नहुने भन्दै नेता कुलमानलाई आग्रह गरेका छन्, ‘आफ्नो घरको रंग पुरानो भयो भनेर छिमेकि कहाँ शरण लिन कुदीहाल्नुपनि हुदैन । पक्कै महसुश गर्नुभो होला ।’




प्रतिक्रिया