काठमाडौं, २७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन् ।
सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आयोजित विशेष समारोहमा आज प्रधानमन्त्री कार्की सरिक भई पृथ्वीनारायणप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन् ।
सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणलगायतको पनि उपस्थिति थियो।






प्रतिक्रिया