गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


काठमाडौं, २७ पुस । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आज (आइतबार) भारतस्थित दिल्लीमा निधन भएको हो ।

गायक तामाङको हृदयघातका कारण निधन भएको बताइएको छ । उनी भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

तामाङले केही नेपाली चलचित्रमा समेत अभियान गरेका थिए । गायक तामाङ पछिल्लो समय दिल्लीमा बस्दै आएका थिए ।