विशेष महाधिवेशनको औपचारिक उद्घाटनमा पुगे महामन्त्रीद्धय थापा र शर्मा, अरु को-को पुगे ?


काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । विशेष महाधिवेशनको औपचारिक उद्घाटन भने महामन्त्री गगन थापाले गरेका हुन् । उनी घरबाट आमाबुवाको आर्शिवाद लिएर महाधिवेशनस्थल प्रस्थान गरेका थिए ।

भृकुटीमण्डपमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । महाधिवेशनस्थलमा गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, राजन केसीलगायतका नेता उपस्थित् छन् । यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगिसकेका छन् ।