कुलमानको कारण रास्वपाकाे समानुपातिक बन्दसूची अद्यावधिक गराउन सकस


काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको बन्दसूची अद्यावधिक गराउन निर्वाचन आयोगमा निवेदन दिएको छ । आज (आइतबार) विहान निर्वाचन आयोगमा पुगेर रास्वपाले समानुपातिक बन्दसूची अद्यावधिक गराएको हो ।

तर, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनाइएका १४ जनाको सम्बन्धमा भने रास्वपामा समस्या आएको छ । उनीहरु स्वयंले उम्मेदवारी फिर्ता नलिएसम्म अर्को व्यक्तिको नाम राखेर अद्यावधिक गराउन नमिल्ने भएसँग रास्वपामा सकस देखिएको हो ।

रास्वपाले सेलिब्रेटी, व्यापारी घरानालगायतलार्य समेत समानुपातिक उम्मेदवार बनाएको थियो । यसको चर्को आलोचना भएपछि १५ जनाले भने नाम फिर्ता लिइसकेका छन् । ती १५ जनाको हकमा भने अरु व्यक्तिलाई सिफारिस गर्नं सकिने बताइएको छ ।