काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले देश र पार्टी जोगाउन पार्टीको विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटनसत्र जारी रहेको अवस्थामा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अग्रसरतामा आजदेखि विशेष महाधिवेशन सुरु भएको छ । कांग्रेसको विधानको धारा १७ (२) अनुसार भण्डै ५५ प्रतिशत महाधिवेशन प्रनिििधहरुले हस्ताक्षर गरेर विशेष अधिवेशन बोलाइएको हो ।




प्रतिक्रिया