काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा झण्डै ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन सत्रमा उद्घोषकले दिएको जानकारीअनुसार अहिलेसम्म ४९ दशमलब ३४ प्रतिशतले उपस्थितिमा हस्ताक्षर गरिसकेका हुन् ।
कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत संस्थापन समूह भने सहभागी भएका छैनन् ।




प्रतिक्रिया