काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूहरुले छानेको नेतृत्व परिवर्तन गर्न पाउनुपर्छ भनेर विशेष महाधिवेशनमा आएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले अब नेतृत्व परिवर्तन गरेर जाने बताए ।
अब कांग्रेसमा संस्थापन र इतर समूह समाप्त भएर जाने, कांग्रेसलाई पुरानै अवस्थामा राख्छौं भन्नेलाई सन्देश दिने र नव कांग्रेस बनाएर अगाडि बढ्ने उनले बताए । अब जनतामा कांग्रेसको गुञ्जयमान लिएर जाने पनि उनले बताए ।
‘हामीले छानेको नेतृत्व हामीले परिवर्तन गर्न पाउनुपर्छ भनेर यहाँ आएका छौं । परिवर्तन गरेर जान्छौं । कांग्रेसलाई पुरातनमै राखिरहन्छौं भन्नेहरुलाई पनि सन्देश दिन अब नव कांग्रेस भयो । संस्थापन र इतर समाप्त भयो भन्ने सन्देश दिन्छौं । जनतामा कांग्रेसको गुञ्जयमान लिएर जान्छौं,’– उनले भने ।




प्रतिक्रिया