काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन प्रतिनिधिहरुले पार्टीको नीति र नेतृत्व दुवै बदल्न माग गरेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ ।’
महामन्त्री थापाले विशेष महाधिवेशन कहाँ गएर टुङ्गिन्छ भन्ने आफूलाई थाहा नभएको बताए । महाधिवेशन प्रतिनिधिहरुलाई उनले आफू पनि महाधिवेशन प्रतिनिधिहरुले बोलाएर आएको पाहुना रहेको बताए । बन्दसत्रले गरेको निर्णय मान्न आफू तयार रहेको उनले बताए ।
उनले महाधिवेशन प्रतिनिधिहरुको प्रयासले आफू सन्तुष्ट रहेको बताए । उनले कांग्रेस दास र लासहरुको पार्टी नभएर ज्यूँदो मान्छेहरुको पार्टी रहेको बताए । ‘कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस ज्यँदो मानिसहरुको पार्टी हो । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कुनै बा छैन, जसले नबोल भन्दा बोल्न छोड्नुपर्दैन,’– उनले भने ।




प्रतिक्रिया