काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको बताइएको छ । विशेष महाधिवेशनको उद्घटन सत्रको दिन ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको हो ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आठवटा ‘स्टल’बाट नाम दर्ता कार्य भएको थियो ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा सञ्चालन भएको विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा गरेका थिए ।
करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री थापा र शर्माको आह्वानमा विशेष महाधिवेशन भएको हो ।




प्रतिक्रिया