काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा सभापति देउवाले आफूनिकट नेताहरुलाई छलफलमा बोलाएका हुन् । सभापति देउवाले आज (सोमबार) दिउँसो ३ बजे महाराजगञ्जस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुलाई छलफलमा बोलाएको बताइएको छ ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको समान्वयमा भइरहेको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरु सहभागी छन् । विगतमा संस्थापन समूहमै खुलेका केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा सहभागी भएपछि देउवा थप संकटमा देखिएका छन् । विशेष महाधिवेशनले सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गरेर नयाँ नेतृत्व ल्याउनका लागि कार्यविधिसमेत ल्याइसकेको छ ।




प्रतिक्रिया