ढाका, २८पुस । अराकान रोहिंग्या साल्भेशन आर्मी (एआरएसए) लडाकु समूहका ५३ जना सदस्यलाई आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ गरे पछि बङ्गलादेशले म्यानमा सीमामा “उच्च सतर्कता“ जारी गरेको ढाकाका अधिकारीहरूले सोमबार बताएका छन् ।
दश लाख भन्दा बढी रोहिंग्या शरणार्थी रहेको बङ्गलादेशको कोक्स बजारमा बन्दुकको गोली लाग्दा १२ वर्षीया बालिकासहित दुई जना घाइते भएको जनाइएको छ ।
अतिक्रमण गर्ने ५३ जनालाई हिरासतमा लिएको अर्ध सैनिक बोर्डर गार्ड बङ्गलादेश (बिजिबी) का कर्नल मोइनुद्दिन अहमदले पुष्टि गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले आर्सा लडाकुहरूलाई बङ्गलादेशी इलाकामा प्रवेश गरेपछि हिरासतमा लिइएको बताएका छन् ।
एआरएसए म्यानमार मुस्लिम अल्पसङ्ख्यकको उत्पीडन विरुद्ध विद्रोह गर्न गठन गरिएको समुह हो जुन प्रतिद्वन्द्वी अराकान आर्मीसँग लडिरहेको छ ।
म्यानमारको राखाइन राज्यको सीमापार लडाइँ जारी रहेको बङ्गलादेशका सैन्य अधिकारीहरूले बताएका छन् ।
बङ्गलादेशका गाउँले तथा अर्धसैनिक अधिकारीहरूका अनुसार म्यानमारका करिब एक दर्जन सीमावर्ती गाउँहरू भारी गोलीबारी, र बमबारीका कारण प्रभावित भएका छन्, भने बङ्गलादेश भरि बाक्लो धुवाँले भरिएको छ ।
“अहिले तिनतर्फी द्वन्द्व भइरहेको छः जहाँ एआरएसएले अराकान सेनासँग लडिरहेको छ, भने सैन्य जुन्टाले हवाई आक्रमण गरिरहेको छ“, अर्धसैनिक बलका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
ढाकाले अवस्था र सम्भावित सीमा सुरक्षाका लागि सीमा नजिकका गाउँहरूमा आफ्ना सहयोगी जेन्सीहरू तैनाथ गरेको बताएको छ । रासस




प्रतिक्रिया