काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र पदाधिकारीहरुलाई छलफलका लागि निवासमा बोलाएका छन् । सभापति देउवाले आज (सोमबार) दिउँसो ३ बजेका लागि आफूनिकट कानून व्यवसायी र पार्टी पदाधिकारीलाई छलफलको लागि बोलाएको स्रोतको दाबी छ ।
भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको बेलामा सभापति देउवाले आफूनिकट कानून व्यवसायीसँगको छलफल डाक्नुलाई विशेष चासोका साथ हेरिएको छ । छलफल देउवा निवास महराजगञ्जमा केही समयपछि सुरु हुने बताइएको छ ।
भृकुटीमण्डपमा जारी रहेको विशेष महाधिवेशनले सभापति देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेश भएको छ । विशेष महाधिवेशनमा नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बहस चलिरहेको छ । यस्तो अवस्थामा आफूनिकट कानून व्यवसायी, दाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गर्नुलाई विशेष महाधिवेशनविरुद्ध देउवा अदालतसम्म जाने संकेतको रुपमा हेरिएको छ ।




प्रतिक्रिया