कांग्रेस विशेष महाधिवेशन लम्बियो, महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफल जारी


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन भोलि (मंगलबार) सम्मको लागि लम्बिएको छ । हिजो (आइतबार) देखि सुरु भएको महाधिवेशनमा आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ ।

विशेष महाधिवेशन प्रचार(प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आज छलफल नसकिएकाले महाधिवेशन भोलिसम्म लम्बिएको हो ।

राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने बताइएको छ । संस्थापन इतर समूहले आयोजना गरेको विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले साथ दिएका छन् ।

विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापन समूहका प्रायः नेताहरु भने सहभागी छैनन् । विशेष महाधिवृेशनमा सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भइसकेको छ ।