अन्ततः गले देउवाः महामन्त्रीद्वयसँग छलफल गर्न तयार


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्ने भएका छन् । आज (सोमबार) देउवा निवास महाराजगञ्जमा भएको संस्थापन पक्षका पदाधिकारी, केन्द्रीय सदस्य तथा कानून व्यवसायीहरुको छलफलपछि सभापति देउवा महामन्त्रीद्वय शर्मा र थापासँग छलफलका लागि लचिलो भएका हुन् ।

देउवा निवासमा भएको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा,कार्यवाह सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु विशेष महाधिवेशन पक्षधरसँग छलफलको लागि तयार भएको बताएका हुन् ।

महामन्त्रीद्वय शर्मा र थापासँग देउवाले आजै छलफल गर्ने पनि बताइएको छ । पार्टी एकता कायम राख्नका लागि संस्थापन पक्ष लचिलो भएको बताइएको छ । यता हिजोदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन भोलि (मंगलबार) सम्म लम्बिएको छ ।