राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान, सिंहदरबारमा बस्ने


काठमाडौं, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रिय सभाको बैठक आगामी माघ ४ गते आइतबार दिनको ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बस्ने बताइएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । File Photo/RN