काठमाडौं, २८ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह २१ फागुनको निर्वाचनमा झापा झर्ने भएका छन् । उनी एमालेअ अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्नेगरि अघि बढेका छन् । त्यसको लागि आगामी माघ ४ गते मेयर पदबाट राजीनामा दिने भएका छन् । बालेन रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका छन् ।
उनी रास्वपामा रविपछिको वरियतामा छन् । बालेन शाहले हिजो र आज झापाबाट ओलीसँगै चुनावी प्रतिष्पर्धा गर्नेगरि तयारी छलफल र भेटवार्ता गरेका छन् । कतिपयले बालेनलाई काठमाडौं उपत्यकाबाटै चुनावी प्रतिष्पर्धा गर्न सुझाएका छन् । तर, ठूला नेताहरुलाई पराजित गर्नको लागि पनि आफुहरु मैदानमा उत्रिनुपर्ने पक्षमा बालेन उभिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचनको लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ । त्यसको दुई दिनअघि मात्रै उनी मेयर पदबाट राजीनामा दिने पक्षमा पुगेका छन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट बालेन प्रतिष्पर्धामा उत्रिन लागेको रास्वपानिकट उच्च स्रोतको दाबी छ । एमाले झापाले बालेन चुनावी प्रतिष्पर्धामा उत्रिए आफू भिड्न तयार रहेको भनिसकेको छ । झापाका एमाले अगुवा कार्यकर्ताहरुले पनि अध्यक्ष ओलीसँगको प्रतिष्पर्धामा बालेन पराजित हुने दाबी गरिरहेका छन् । यदि बालेन झापामा ओलीको क्षेत्रमा चुनाव उठे प्रतिष्पर्धा भने रोचक हुनेछ ।




प्रतिक्रिया