कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशन पक्षधर नजाने


काठमाडौं, पुस २९। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।

तर, बैठकमा विशेष महाधिवेशन पक्षधर भने बैठकमा सहभागी नहुने भएको छ । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्ने जनाएको छ । त्यसअघि कांग्रेसको विवाद मिलाउन अहिले केहीबेरमा त्रिपक्षीय वार्ता सुरु हुँदैछ ।