काठमाडौं, २९ पुस । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले निर्वाचन क्षेत्रमा जो लोकप्रिय छ, उसले प्रतिनिधिसभा सदस्यको टिकट पाउने बताएका छन् । आज (मंगलबार) एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा आयोजित प्रस्तावित उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकप्रियताको आधारमा टिकट वितरण गरिँदा त्यो सिनियर–जुनियर, नया–पुराना जोसुकै हुनसक्ने बताएका हुन् ।
‘सर्वाधिक लोकप्रिय त्यो निर्वाचन क्षेत्रमा जो छ, उसले पाउनुपर्छ टिकट । त्यो जुनियर हुन पनि सक्छ, सिनियर हुन पनि सक्छ । नयाँ हुन पनि सक्छ, त्यो पुरानो हुन पनि सक्छ,’– उनले भने ।
उम्मेदवार चयन गर्ने कुरा दुई स्टेपमा लानुपर्ने हो कि भन्ने पनि पार्टीभित्र कुरा उठेको पनि उपाध्यक्ष बादलले बताए । उपाध्यक्ष बादलले पहिला प्रि इलेक्सन गराउने र सर्वाधिक मत ल्याउनेलाई सिफारिस गर्ने प्रक्रिया अपनाउनुपर्ने आवश्यकताको बोध भएको पनि बताए ।




प्रतिक्रिया