काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यसअघि हिजो मंगलबार बिहान ११ बजे, पछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केहीबेर बसेर आज पुनः बस्नेगरी स्थगित भएको थियो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक अहिले बिहान केहीबेरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । हिजोको बैठकमा विशेष महाधिवेशन पक्षधर नेताहरू सहभागी भएका थिएनन्।




प्रतिक्रिया