काठमाडौं, ३० पुष । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सभापतिमा एकल उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापाले नयाँ नेतृत्वको चयनपछिको अवस्थाबारे कसरी अघि बढ्ने भन्ने विषयमा कानूनविद्हरुसँग परामर्श लिएका छन् ।
विशेष महाधिवेशन गर्नुअघिदेखि नै निरन्तर कानुनविद्हरुसँग सम्वाद र परामर्शमा रहेका थापाले आज अर्का महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्ने विषयमा कानूनविद्हरुसँग परामर्श गरेका हुन् ।
आजमात्रै गगन र विश्वले सभापति शेरबहादुर देउवासँग निर्णायक भेटवार्ता गरेका थिए । विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढेको र धमाधम उम्मेदवारी दर्ताको प्रक्रिया चलेपछि महामन्त्रीद्धय छलफलमा जुटेका हुन् ।




प्रतिक्रिया