काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको दोस्रो महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । महाधिवेशनको बन्दसत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय सकिएको छ । कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयर शमशेर राणा र जगदीशनरसिंह केसीले मनोनयन गर्दा गराएको बताइएको छ ।
एक निर्वाचन अधिकृतले बताएअनुसार महामन्त्रीमा चार जनाको उम्मेदवारी परेको हो । सभापतिमा भने गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ । थापाले अधिकृत वारेसमार्फत आफ्नो मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताको समय पनि सकिएको छ ।
विशेष महाधिवेशनमा संस्थापन समूहका नेताहरु भने सहभागी छैनन् । महामन्त्रीहरु थापा र शर्माले आज विहान सभापति शेरबहादुर देउवासँग वार्ता गरेका थिए । तर, उक्त वार्ता निष्कर्षमा पुग्न नसकेपछि अहिले गगन–विश्व कानून व्यवसायीहरुसँग छलफलमा रहेको बताइएको छ ।




प्रतिक्रिया