काठमाडौं, ३० पुष । नेपाली कांग्रेस औपचारिक रुपमा विभाजन भएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले आज केन्द्रीय समितिको बैठक राखेर महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापालाई पाँच वर्षसम्म पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरि निश्काषन गरेको छ । यस्तै, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि सोहीबमोजिमको कारबाही गरेको छ ।
उनीहरुलाई कारबाही गरेसँगै संस्थपन पक्ष भने यो निर्णय लिएर निर्वाचन आयोग पुगेको छ । पार्टीभित्रको विवाद अब निर्वाचन आयोगसमक्ष पुग्ने भएपछि विशेष महाधिवशेन पक्षधरले भने संस्थापन पक्षधर नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । विशेष महाधिवेशनबाट निर्णय गरेर अघि बढ्ने सभापतिका एकमात्र उम्मेदवार गगन थापाको प्रतिक्रिया छ ।




प्रतिक्रिया