काठमाडौं, ३० पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आजमात्रै पार्टी प्रवेश गरेको सुमन सायमीलाई काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
आज (बुधबार) भएको पार्टी प्रवेश कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सायमीलाई काठमाडौं–८ बाट उम्मेदवार बनाइने बताए ।
‘सुमन सायमीलाई अब काठमाडौंं क्षेत्र नम्बर ८ बाट विजयी गराउने संकल्प गरौं,’– प्रचण्डले भने ।
नेकपामा प्रवेश गरेका सायमी काठमाडौंको कालिमाटीका स्थानीय हुन् । सायमी २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) मा उठेका थिए । त्यसबेला सायमीले १३ हजार ७ सय ७० मत पाएका थिए ।
गत स्थानीय तह निर्वाचनपछि स्वतन्त्र अभियानमा लागेका सायमीले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन पनि लडे । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले हराएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा सायमीले ६ हजार १ सय ७९ मत पाएका थिए ।




प्रतिक्रिया