काठमाडौं, १ माघ । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति पहिलो बैठक बस्ने भएको छ । नवनिर्वाचित सभापति गगनकुमार थापाको सभापतित्वमा अहिले विहान ११ बजे कुपोन्डोलमा बैठक बस्न लागेको बताइएको छ ।
नवनिर्वाचित केन्द्रीय समितिको यो पहिलो बैठक हो । गत पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको थियो ।
विशेष महाधिवेशनले सभापतिमा थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीमा उदयशमशेर राणा, फरमूल्लाह मनसुर, डा.डिला संग्रौला, प्रकाश रसाइली, बहादुर सिंह लामा, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई चयन गरेको थियो ।




प्रतिक्रिया