सुनसरीमा ट्रक दुर्घटना, एकै बस्तीका पाँच जनाको मृत्यु


काठमाडौं, माघ १ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान दुर्घछनामा परेको हो। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । मृतक पाँचै जना एकै बस्तीका रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।