काठमाडौं, १ माघ । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय समितिको बैठक पार्टी प्यालेसमा सुरु भएको छ । भृकुटीमण्डपमा आज विहानीपख घोषणा भएको थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक भने पार्टी कार्यालयमा बस्न सकेन । पार्टी मुख्यालय सानेपा सभापति शेरबहादुर देउवा पक्षको कब्जामा छ ।
यता, भृकुटीमण्डपमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा हुन लागेपछि उता देउवा पक्षका युवाहरुले रातभरि पार्टी कार्यालयमा पहरा दिएर बसेका थिए । थापाले सभापतिमा निर्वाचित भएपछि दिएको पहिलो मन्तव्यमा आफू नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबी गरेका थिए ।
गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा बसेको विशेष महाधिवेशनले १६६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उता, संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म निष्काषन गरेको छ ।




प्रतिक्रिया