कांग्रेस नेता थानी पनि आगामी चुनाव नलड्ने


काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन नलड्ने बताएका छन् । उनले आफ्नो प्रतिकूल स्वास्थ्यका कारण चुनाव नलड्ने बताएका छन् । थानीको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको थियो ।

‘मेरो प्रतिकूल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु,’– उनले भनेका छन् ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनपश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताबिचबाट गुज्रीरहेको उल्लेख गर्दै नेता थानीले संविधानलाई लिकमा ल्याउनका लागि निर्वाचन भने अपरिहार्य रहेको बताएका छन् ।