काठमाडौं, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति २१ फागुनको निर्वाचनमा होमिएको छ । चुनावको लागि चुनावी घोषणापत्र तयार गर्न समिति नै गठन गरेको छ ।
आज बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाकै नेतृत्वमा घोषणापत्र तयार पार्ने समिति चयन गरेको हो । कांग्रेसले चुनावी कमाण्डरमा भने उपसभापति विश्वप्रकाश शर्मालाई तोकेको छ ।
विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै गर्दा संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । उनीहरुलाई पाँच वर्षको लागि साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निश्काषन गरेको छ ।




प्रतिक्रिया