काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पदाधिकारीका साथीहरुसहित निर्वाचन आयोगमा पुगेका छन् । हिजोमात्रै गगनको नेतृत्वमा कार्यसमिति चयन भएको छ । आज (बिहीबार) बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सकिएलगत्तै सभापति थापा आँफै निर्णय अद्यावधिक गर्नको लागि निर्वाचन आयोग पुगेका हुन् ।
हिजोमात्रै शेरबहादुर देउवा समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निश्काषन गरेर सो समूह निर्वाचन आयोग पुगेको थियो । कांग्रेस विभाजनको असर २१ फागुनको निर्वाचनमा समेत पर्ने देखिएको छ ।




प्रतिक्रिया