काठमाडौं, १ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई ठग र बालेन शाहलाई लुसिफरको संज्ञा दिँदै उनीहरुले युवालाई देशविरुद्ध उकासिरहेको टिप्पणी गरेका छन् । काठमाडौंका मेयर बालेन शाह यही माघ ४ गते राजीनामा दिएर संसदीय चुनावमा झापा ५ बाट नै प्रतिष्पर्धामा होमिन लागेको बेलामा ओलीको यस्तो टिप्पणी आएको हो ।
आज (बिहीबार) ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले बालेनले आफूसँग चुनावी प्रतिष्पर्धा गर्न बालेनले तामझाम गरेको भनेर टिप्पणी गरे । यसअघि चुनावी प्रतिष्पर्धामा युवा उत्रिनु स्वागतयोग्य भनेका ओलीले आज भने आफूहरुले नचिन्ने नोट लिएर बालेनका मान्छे झापा पुगेको आरोप लगाए ।
उनले भने-“कोही-कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर, हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रमा, यी त हामी झेलिराखेकै छौँ ।’ एमाले मैदानमा खडा भएकोले देश र नेपाली जनतालाई हार्न नदिने ओलीको भनाई छ । file photo




प्रतिक्रिया