सुनचाँदीको मूल्य पाँच दिनदेखि निरन्तर उकालो


काठमाडौं, माघ २ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ कामय रहेको छ । त्यस्तै, चाँदीको एक तोलको मूल्य पाँच हजार ६४५ कायम भएको छ। बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र चाँदी प्रतितोला पाँच हजार ४८५ मा कारोबार भएको थियो।

बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ मा कारोबार भएको थियो। मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० मा कारोबार भएको थियो। गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो।