काठमाडौं, २ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरु पार्टीको आधिकारिक रहेको दाबी गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर विवाद आयोगमा पुगेको बेलामा आज संस्थापन पक्ष निर्वाचन आयोगमा पुगेर आधिकारिकतामा दाबी गरेको हो । सो क्रममा शेखरले आफूहरु सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको जानकारी दिँदै आफूहरु नै आधिकारिक भएको दाबी गरेका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरु डा. शशांक कोइराला, महेन्द्र यादवलगायतका सबै शीर्ष नेताहरु आज आयोग पुगेका हुन् । आयोगका पदाधिकारीसँग कुरा गर्दै शेखरले सिंगो केन्द्रीय समिति र सदस्य आयोगमा उपस्थित् भएको भन्दै केहीलाई चोइटिएर गएको बताएका हुन् । उनले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा पनि आफूहरूसँग रहेको जानकारी दिए ।




प्रतिक्रिया