आधिकारिकता दाबी गर्दै आयोग पुगेको देउवा पक्षलाई निर्वाचन आयोगले भन्यो : विधि र पद्धतीभन्दा बाहिर गएर निर्णय हुँदैन


काठमाडौं, २ माघ । नेपाली कांग्रेसको विवादको विषय उत्कर्षमा पुगेको छ । निर्वाचनको मुखमा कांग्रेस विभाजन भएपछि यसले निर्वाचनको कार्यकतालिका नै प्रभावित हुने हो कि भन्ने चिन्ता चुलिएको छ । हिजोमात्रै विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा चयन भएको कार्यसमिति आधिकारिकताको लागि दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो । त्यसको भोलिपल्ट आज शेरबहादुर देउवाको टोली निर्वाचन आयोगमा पुगेको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सशरिर आयोगमा पुगेका कांगसे नेताहरुले आफूहरुको कमिटी नै आधिकारिक रहेको दाबी गरेका थिए ।

सो क्रममा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कांग्रेस विवादमा आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने विश्वास दिलाएका छन् । कार्यवाह प्रमुख आयुक्त भण्डारीले भनेका छन्, ‘संविधान, नियम, कानुन र ऐनको परिधिमा रहेर आफ्नो निर्णय गर्छ। विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन। हाम्रो संस्थागत परम्परा पनि छ।’