श्रीलङ्काकाद्वारा सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न पर्यटन अभियान सुरु


कोलम्बो, २ माघ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान सुरु गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् ।

एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक कम आउने महिनाहरूमा आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख युरोपेली बजारहरूमा केन्द्रित प्रचार अभियानहरू सुरु गर्ने बताएका छन् ।

व्यापक पर्यटन रणनीतिको एक हिस्साको रूपमा, श्रीलङ्काले हालै देशको भारतीय पर्यटक आधारलाई विविधीकरण गरी अन्य आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख भारतीय शहरहरूमा प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरेको उनले उल्लेख गरेका छन् ।

सने २०२६ को जनवरीको पहिलो हप्तामा ९४ हजार भन्दा बढी पर्यटक आगमन भएको रिपोर्ट गर्दै श्रीलङ्काले २०२६ मा बलियो सुरुवात गरेको उनले जनाएका छन् ।

पर्यटन श्रलङ्काको लागि प्रमुख विदेशी राजस्व उत्पादक तथा आर्थिक विकासको आधार भएको जनाइएको छ भने सन् २०२६ मा श्रीलङ्काले ३० लाख पर्यटकहरू आउने अपेक्षा गरेको छ । रासस