काठमाडौं, २ माघ । नेपाली कांग्रेस रामेछापका सभापति तथा पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले विशेष महाधिवेशनलाई कार्यसमिति चयन गर्ने अधिकार नरहेको बताएका छन् । आज (शुक्रबार) शेरबहादुर देउवा समूहबाट निर्वाचन आयोगमा पुगेका कान्छारामले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने ‘महाधिवेशन बोलाउन पाइन्छ । तर, यस्तो कार्यसमिति छान्ने विधान होइन ।’
नेता तामाङले आफ्ना मान्छे बोलाएर कार्यसमिति बनाउन नमिल्ने बताए । कांग्रेसको विधानले आफूलाई मन लागेको मान्छेलाई मात्रै कार्यसमितिमा राख्ने कुरालाई स्वीकार नगर्ने उनको भनाइ छ ।
‘आफ्नो मान्छे बोलाएर कार्यसमिति बनाउन मिल्छ ? मैले पनि अहिले ५० जना मान्छे बोलाएर उपसभापति तँ, सभापति तँ भन्न व्यक्तिगत मिल्छ ? तर, कानुनले मिल्दैन,’– उनले भने ।




प्रतिक्रिया