आयोगले दलको नाम र चुनाव चिन्ह गगनको पक्षमा दिएमा प्रतिकारमा उत्रिने कार्यवाहक सभापति खड्काको चेतावनी


काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुविरुद्ध गलत निर्णय भएको खण्डमा प्रतिकारमा उत्रिनुपर्ने बताएका छन् । आज (शुक्रबार) सानेपामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्काले प्रतिकारमा उत्रिनका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

विशेष महाधिवेशन पक्ष वा नियमित महाधिवेशन पक्षधर कसले आधिकारिकता पाउने भन्ने कुरा निर्वाचन आयोगमा विवाद चलिरहेको अवस्थामा उनले यस्तो चेतावनी दिएका हुन् । कार्यवाहक सभापति खड्काले आयोगले दलको नाम र चुनाव चिन्ह गगन थापाको पक्षमा दिएको खण्डमा प्रतिकारमा उत्रिने चेतावनी दिएका हुन् ।

‘षड्यन्त्रमा परेर, दवाबमा परेर, लोकतन्त्र र संविधानमाथि मडारिएको कालो बादललाई साथ दिँदै यदि निर्वाचन अखायोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्यो भने देशभरी आन्दोलन गर्नुबाहेक हामीसँग अर्को विकल्प हुनेछैन । हामी प्रत्येक गाउँ–गाउँमा वडा वडामा राजधानीमा कांग्रेस चारतारे झण्डा लिएर अगाडि बढ्न बाध्य नपारियोस्,’– कार्यवाहक सभापति खड्काले भने । File Photo/RN