आयोगले पार्टीको आधिकारिकता विवाद छिटो निरुपण गर्नुपर्छः उपसभापति शर्मा


काठमाडौं, २ माघ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल भइरहेको बताएका छन् । निर्वाचन आयोगमा पुगेका उपसभापति शर्माले अबको दुई दिनभित्रै सबै क्षेत्रमा उम्मेदवार टुङ्गो लाग्ने बताएका हुन् ।

उपसभापति शर्माले सभापति गगन थापाको अध्यक्षतामा हिजो (बिहीबार) बसेको केन्द्रीय समितिको पहिलो बैठकले संसदीय बोर्ड गठन गरेर उम्मेदवार टुङ्ग्याउन टिम तयार गरिसकेको बताए । उनले घोषणापत्र तयार गर्ने र परिचालन गर्ने टिम पनि त्यहीअनुसार काम भइरहेको बताए ।

उपसभापति शर्माले कांग्रेसभित्रको विवादका कारण निर्वाचन तालिकामा असर पर्न नहुने बताए । ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद छिटो निरुपण गर्नुपर्ने पनि उनले बताए । निर्णय भइसकेपछि राष्ट्रव्यापी रुपमा निर्वाचनको माहोल बनाउन आफूहरु प्रतिवद्ध रहेको उनले बताए । File Photo/RN