निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै


काठमाडौं, माघ ३ । नयाँ नेतृत्व चयन भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । समितिको पहिलो बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको पार्टी सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रवार आधिकारिकता पाएसँगै यो पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आजै शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पनि बस्दै छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए।