उम्मेदवारको सिफारिस सूचीबाट नाम हटाइदिन कांग्रेस नेता खड्काको पत्र


काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रस्तावित उम्मेदवारको सिफारिस सूचीबाट आफ्नो नाम हटाउन माग गरेका छन् ।

खड्काले पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेख्दै उम्मेदवारहरूको सिफारिस सूचीबाट आफ्नो नाम सूचीबाट हटाउन माग गरेका हुन् । यसअघि उनी उदयपुर क्षेत्र नं १ बाट निर्वाचन जित्दै आएका थिए ।

उनले पत्रमा भनेका छन्, ‘उपरोक्त विषयमा नेपाली काग्रेस कोशी प्रदेशकार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य २०८२को लागि उम्मेदवारहरुको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाई दिनु हुनको लागि नेपाली काग्रेसको केन्द्रीय कार्लायको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराई दिनु हुन अनुरोध गर्दछु ।