झापा-५ मा ओलीसँग भिड्न प्रचण्डले तामाङलाई दिए टिकट


काठमाडौं, ३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न रञ्जित तामाङलाई टिकट दिएका छन् ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्नका लागि आज (शनिबार) विहान तामाङलाई टिकट दिएका हुन् । तामाङअनेरास्ववियु (क्रान्तिकारी) का पूर्व अध्यक्ष हुन् ।

झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्नका लागि टिकट पाएसँगै तामाङले भनेका छन्, ‘हिजो पनि जन्ति–मलामी गएको छु । आज पनि जान सक्ने र भोलिको पनिको पनि हुनेछु । अरु हुन सक्दैनन, हुदै हुदैनन पनि । म जनताको छोरा, स्थानीय साथी हुँ । हरेकले परेको बेला मसँग सिधा कुरा गर्न सक्छ । दुःखसुख साट्न सक्छ, जो अरुसँग सम्भव छैन । यस कारण म झापा ५ नै रोजेको हुँ । यहाँको मतदातासँग आशा राखेको हुँ ।’