कांग्रेसमा परिवर्तन आएको छ, पार्टी फुटेको जस्तो मलाई फिल भएको छैन : सुजाता कोइराला


काठमाडौं, ३ माघ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले कांग्रेसमा परिवर्तन आएको र फुटेको जस्तो आफूलाई नलागेको स्पष्ट पारेकी छिन् । आज एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशमा धेरै परिवर्तन आएको र परिवर्तनसँग डराउन नहुने बताईन् ।

उनले पार्टीमा नयाँ सभापतिको रुपमा गगन थापालाई बधाई दिईन् । उनले गगनलाई नयाँ र राम्रोसँग पार्टी हाँक्न सुझाव दिईन् । पार्टी चलाउने सवालमा विपीको सिद्धान्त र गिरिजाप्रसाद कोइरालाको संगठनलाई नबिर्सिएर अघि बढ्न पनि सभापतिलाई सुझाव दिईन् । उनले आफूहरुको साथ रहेको सुनाईन् ।

अहिले मुलुकले परिवर्तन चाहेको भन्दै त्यसलाई आत्मसात् गर्नुपर्ने बताईन् । उनले पार्टी विभाजन नभएको भन्दै विभाजनको हल्लामा नलाग्नपनि सुझाव दिईन् ।