प्रतिनिधिसभा निर्वाचनः नेकपाले ताप्लेजुङमा बुडाक्षेत्रीलाई बनायो उम्मेदवार


काठमाडौं, ३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ताप्लेजुङमा खेलप्रसाद बुडाक्षेत्रीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुडाक्षेत्रीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएका हुन् ।

बुडाक्षेत्री गत २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) को उम्मेदवार थिए । उनी नेकपा (एमाले) उम्मेदवार योगेश कुमार भट्टराईसँगकाे प्रतिस्पर्धामा झिनो मतान्तरले उपविजेता बनेका थिए । एमाले उम्मेदवार भट्टराई र बुडाक्षेत्रीको मतान्तर २०८ मात्रै रहेको थियो ।

बुडाक्षेत्रीलाई टिकट हस्तान्तरण गर्दै नेकपाका संयोजक पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले यसपटक विजयी हुनेमा आफूलाई विश्वास रहेको बताए । ‘यो पटक तपाईँ अवश्य विजयी हुनुहुनेछ भन्ने मलाई विश्वास छ । मेरो आग्रिम बधाई पनि छ, शुभकामना पनि छ । पार्टी हेडक्वाटरबाट हुनसक्ने सबैखलाको सहयोग तपाईँलाई प्राप्त हुन्छ,’– बुडाक्षेत्रीलाई प्रचण्डले भने ।