सांसद प्रत्यासी एवं समाजसेवीहरुको रोजाइ आजपा


काठमाडौं, ३ माघ । सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाको ‘मोवाइल’ चुनाव चिन्हबाट उनीहरु निर्वाचनमा सहभागि हुदैछन ।

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमका बीच उनीहरुलाई पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउदै उनले एकजुट भएर निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् ।

विगत तीन दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का लोकप्रिय व्यक्तित्व तथा जागरण स्वतन्त्र मञ्चका संयोजक खगेन्द्र श्रेष्ठ र सुनसरीबाट सांसद पदका प्रत्यासी तथा लोकप्रिय युवा नेता निरञ्जन ठाकुरले आजपामा प्रवेश गरेका हुन् ।

यसैगरी, काठमाडौंबाट सांसद पदका प्रत्यासी, रेक्स ईन्टरटेनमेन्टका अध्यक्ष तथा पूर्व राष्ट्र सेवक नेपाली सेनाका सुवेदार खगेश रञ्जितले समेत आजपामा प्रवेश गरेका छन् । हालै विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघसंगठनसंग समेत आजपाले पार्टी एकीकरण गर्दै २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुदैछ ।