काठमाडौं, ३ माघ । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता वामदेव गौतम २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनलाई पार्टीले बर्दिया-१ बाट उठाउने पक्का भएपछि भोलि (आइतबार) उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका हुन् । नेकपाका संयोजक पुष्पकमल दाहालले नै वामदेवलाई बर्दिया-१ बाट चुनाव लड्न आग्रह गरेको बताईन्छ । वामदेव यतिवेला बर्दियामा नै छन् ।
यसअघि ०७४ सालमा भएको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । त्यतिवेला गौतमले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले नै हराएको भनेर सार्वजनिक रुपमा आरोप लगाएका थिए । आफूले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा दाबी गरेपछि ओलीले सूर्य थापालगायतका नेताहरु बर्दिया पठाएर हराएको गौतमको आरोप थियो । बर्दिया २ भने ०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित लालबीर चौधरीले नेकपाबाट टिकट लिएको बताईन्छ ।




प्रतिक्रिया