काठमाडौं, ३ माघ । नेकपा (एमाले) का भातृ संगठन राष्ट्रिय युवा संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिइएकोप्रति विरोध जनाएको छ ।
आज (शनिबार) युवा संघले काठमाडौमा सरकारको उक्त निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो । सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई, सञ्चालक छविलाल जोशीलगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिईन् ।
महान्यायाधिक्ता भण्डारीद्वारा भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।




प्रतिक्रिया