काठमाडौं, ३ माघ । नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ । आज बसेको सचिवालयले बैठकले सबै निर्वाचन क्षेत्रका (केही क्षेत्रबाहेक) को उम्मेद्वारको नाम फाईनल गर्नुको साथै अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।
एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको हो । उनकाअनुसार एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेपनि आजको बैठकमा निर्णय भएको छ ।
उनले जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । रास्वपाको तर्फबाट बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएको छ । बालेन पनि ओलीकै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा होमिने भएका छन् ।




प्रतिक्रिया