एमालेले धनुषाका चारवटै क्षेत्रका उम्मेदवार तय गर्यो, रघुवीर महासेठ ४ नम्बर क्षेत्रबाट लड्ने


काठमाडौं, ३ माघ । नेकपा (एमाले) ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि सबै क्षेत्रमा उम्मेदवार तय गरेको छ । केही क्षेत्रमा विवाद भएकोले अध्यक्ष केपी ओलीलाई नै उम्मेदवार चयनको अधिकार दिएर एमालेले सबै क्षेत्रमा करिब करिब उम्मेदवारको नाम फाईनल गरेको छ । धनुषाका चार वटै क्षेत्रमा उम्मेदवार तय भएको छ ।

धुनषा-१ मा रामचन्द्र मण्ड, धनुषा-२ मा उमाशंकर अरगरिया, धनुषा-३ मा जुलीकुमारी महतो र धनुषा-४ मा रघुवीर महासेठको नाम फाईनल गरेको छ । यी चार क्षेत्रमा ०७९ को निर्वाचनमा एमालेले धनुषा ३ र धनुषा ४ मा जित निकालेको थियो ।

यसअघिका विजयी उम्मेदवार जुली र रघुवीर महासेठ पति-पत्नी हुन् । उनीहरुलाई यसपालि पनि पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो । महासेठ हालै सम्पन्न भएको एमालेको ११औं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका हुन् ।