काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिने तयारीमा रहेका छन् । उनले आज मेयरबाट राजीनामा दिएर दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । चमतीस्थित घण्टीघर औपचारिक पार्टी प्रवेशको विशेष तयारी भइरहेको छ ।
रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको तयारी भएको छ । उनी दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन।
उनी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर बनेका थिए । रास्वपाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई झापा ५ बाट उम्मेदवार बनाउँदै छ । निर्वाचनपछि उनी संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने रास्वपाले घोषणा गरेको छ ।




प्रतिक्रिया