जनमत पार्टीबाट सिराहा ४ मा डा.महतोले पाए टिकट


काठमाडौं, ४ माघ । जनमत पार्टीले सिराहा क्षेत्र नम्बर ४ मा पूर्व मन्त्री डा.वीरेन्द्र प्रसाद महतोलाई उम्मेदवार बनाएको छ । गत २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा.महतोलाई जनता समाजवादी पार्टी नेपालले सिराहा ४ बाटै उम्मेदवार बनाएको थियो ।

उनी गत प्रतिनिधिसभा निर्वाचनमा २४ हजार १ सय २ मत पाएर निर्वाचित भएका थिए । आजै जनमत पार्टी प्रवेश गरेका डा.महतोलाई जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले टिकट दिएका हुन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।